तनहुँको गुणादीमा पहिरोमा परेका दुई मजदुरको मृत्यु

तनहुँको गुणादीमा हिजो साँझ ६ बजे आएको पहिरोमा पुरिएर घाइते भएका दोस्रो मजदुरको पनि मृत्यु भएको छ ।

घटनामा तीन जना मजदुर पहिरोमा पुरिएकोमा झापाको शिवशताक्षी नगरपालिका–७ घर भएका ३३ वर्षीय भीम भुजेलको हिजो नै र उदयपुरको कटारी नगरपालिका–७ घर भएका ४० वर्षीय बलबहादुर राईको आज पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते राईलाई हिजो राति मणिपाल रिफर गरिएको थियो । उनको हिजै राति मृत्यु भएको प्रहरीले जनाएको छ । भुजेलको हिजै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

यसैगरी अर्का घाइते शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको रत्नहरि अस्पताल मै उपचार भइरहेको छ । विस्तार भइरहेको पृथ्वी राजमार्गको गुणादी खण्डमा पर्खाल उठाउँदै गरेका तीन मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button