टिप्परको ठक्करबाट बाटो काट्दै गरेकी ७० वर्षीया वृद्धाको मृत्यु

मोरङमा बटो काट्दै गर्दा टिप्परको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु भएको छ ।

बुधबार मध्यान्ह करिब १२ बजे मोरङको रंगेली नगरपालिका-९ फर्साडागीमा टिप्परले ना.१ क ७२१८ नम्बरको टिप्परले ७० बर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिएको थियो । बाटो क्रस गर्दै गरेकी राजवंशी टिप्परको ठक्करबाट गम्भीर घाइते भएकोमा उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । घटनामा संलग्न सर्लाही लालबन्दीका ३५ वर्षीय चालक दिनेश अधिकारी र टिप्पर नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button