शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरेको हो । उनी भारतको विभिन्न शहरमा लुकिछिपी बस्दै आएको अनुसन्धान अधिकारीहरुले जनाएका छन् ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न शहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था २०७७ सालमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर स्थापना भएको थियो । सफल सहकारीका रुपमा चिनिएको सहकारीले सहकारी मात्र नभई कृषिका विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेको थियो ।

एटिएम सुविधासमेत दिएको सहकारीले देशभरी कैयौं मिनिमार्ट सञ्चालन गरेको छ भने कृषिजन्य उत्पादनका लागि छुट्टै ब्रान्डसमेत स्थापित गरेको छ । पोखरामा सहकारीले कृषि एम्बुलेन्स सेवासमेत दिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button