नासा सेक्युरिटीजको पोखरा शाखा आजदेखि सञ्चालनमा

धितोपत्र दलाल कम्पनी नासा सेक्युरिटीजको पोखरा शाखा आजदेखि सञ्चालनमा आउने भएको छ ।

ब्रोकर नम्बर ५८ अर्थात नासाले पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले पोखरा शाखाको उद्द्घाटन गरेका हुन् । यस सँगै नासाले प्रमुख कार्यालयसहित अन्य तीन शाखा कार्यालयबाट आफ्ना सेवा उपलब्ध गराउने भएको छ ।

नासाले यसअघि काठमाडौंको नक्सालस्थित प्रमुख कार्यालय तथा वीरगञ्ज र जनकपुर शाखा कार्यालयबाट आफ्नो सेवा दिँदै आएको छ । कम्पनीले धितोपत्र खरिदबिक्री, डिपी सेवा तथा मार्जिन ट्रेडिङ्गको सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button