पोखरामा प्याराग्लाइडिङ शुल्क बढेर १२ हजार पुग्यो

पोखरामा प्याराग्लाइडिङ शुल्क बढेर १२ हजार रुपैयाँ पुगेको छ । नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङ उडानको शुल्क एकैपटक चार हजार रुपैयाँले वृद्धि गरेको हो ।

यस अघि प्रति उडान शुल्क आठ हजार रहेकोमा प्याराग्लाइडिङ सञ्चालकहरुको खर्च बढेको भन्दै शुल्क वृद्धि गरिएको हो । पोखराको सराङकोट र तोरीपानीबाट हुँदै गरेको उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मान्द्रेढुङ्गाबाट हुने गरेको छ ।अहिले अफ सिजन रहेपनि मूल्यवृद्धि हुँदा सर्वसाधारण भने असन्तुष्ट बनेका छन् ।

प्याराग्लाइडिङ कम्पनीहरुले शुल्क उठाएर पाइलटहरुलाई करिब ५० प्रतिशत आम्दानी दिँदै आएका छन् । पाइलट शुल्क र बिमा शुल्क जोडेर प्याराग्लाइडिङ शुल्क १२ हजार पुगेको नाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button