पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेपछि उनलाई काठमाडौंको बानेश्वरबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । रौनियारलाई पक्राउ गर्न बाँके प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुरोध गरेको थियो ।

संघीय समाजवादी फोरमबाट २०७४ सालमा सांसद भइसकेका रौनियार त्यसबेला पनि भ्रष्टाचार मुद्दामा परेपछि सांसद पदबाट निलम्बित भएका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button