नेप्सेमा सोमबार पनि दोहोरो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचकमा सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम पनि घटेर ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा सीमित भएको छ । हिजो आइतबार ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार धेरै कमाउनेमा बिपिडब्ल्यु लघुवित्त, सिटी होटल र सिवाइसी लघुवित्तका सेयरधनी रहे । ती कम्पनीको सेयर १० प्रतिशत सकारात्मक सर्किट लागेर वृद्धि भयो । सोमबार धेरै गुमाउनेतर्फ सामूदायिक लघुवित्त, पाँचथर पावर र सयपत्री हाइड्रोपावर रहे ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, नागरिक लगानी कोष र शिवम् सिमेन्ट शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : २३ करोड, २०-२० करोड र १८ करोड भन्दा बढीको कारोबार भयो ।

केही दिनयता नेप्सेमा लगातार गिरावट आइरहेको छ । २२०६ अङ्कसम्म पुगेको परिसूचक अघिल्ला तीन दिनमा एक सय ३१ अङ्कले घटिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button