नेप्सेमा सामान्य वृद्धि, साढे दुई अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचकमा मङ्गलबार सामान्य वृद्धि भएको छ ।

आज नेप्से परिसूचक १२.७६ अंकले घटेर २०८८.७ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो दिन भन्दा घटेर दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन सोमबार ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङ्गलबार धेरै कमाउनेमा सिटी होटल र मानुषी लघुवित्तका सेयरधनी रहे । सिटी होटलको सेयर १० प्रतिशत सकारात्मक सर्किट लागेर वृद्धि हुँदा मानुषीको सेयरमूल्य ६.१५ प्रतिशतले बढ्यो । सोमबार धेरै गुमाउनेतर्फ बिपिडब्ल्यु लघुवित्त रह्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ नागरिक लगानी कोष, एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : १२ करोड र ११-११ करोडभन्दा बढीको कारोबार भयो ।

अघिल्ला तीन दिनसम्म लगातार घटेको नेप्सेमा आज सामान्य वृद्धि भएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button