टिप्परको ठक्करबाट आमाछोरीको मृत्यु

सुनसरीको इटहरीमा मंगलबार दिउँसो टिप्परले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको छ ।

मङ्गलबार दिउँसो ३.२० बजेतिर इटहरीको मुख्य चोकमै ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट इटहरी-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अंशु चौधरीको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अंशुको न्यूरो अस्पताल विराटनगरमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । स्थानीयले टिप्परले ब्याक गरि हत्या गरेको भन्दै ठक्कर दिने टिप्परमा आगजनीको प्रयास समेत गरेका थिए । घटनापछि मृतक अंशु अध्ययनरत इटहरीस्थित कोसी सेन्ट जेम्स कलेजमा बुधबार शोक बिदा दिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button