बुधबार नेप्सेमा भारी गिरावट, कारोबार अघिल्लो दिनको भन्दा ५० करोडले बढ्यो

नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचकमा बुधबार भारी गिरावट आएको छ ।

आज नेप्से परिसूचक ३९.२६ अङ्कले घटेर २०४९.४४ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा उल्लेख्य रुपमा बढेको छ । मङ्गलबार दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँमा सीमित भएको कारोबार आज बढेर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँ पुगेको छ ।

बुधबार धेरै कमाउनेमा सिटी होटल र रावा इनर्जी कम्पनीका लगानीकर्ता रहे । उनीहरुको सम्पत्ति १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आज धेरै गुमाउनेतर्फ बिपिडब्ल्यु लघुवित्त र मोदी इनर्जीका लगानीकर्ता रहे । ती कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल र स्वावलम्बन लघुवित्त शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : १६.४९ करोड, १३.९० करोड, ९.५६ करोड र ८.१४ करोड बराबरको कारोबार भयो ।

२२०६ विन्दुसम्म बढेको नेप्से इन्डेक्स पछिल्लो चार दिनमै घटेर २०४९ सम्म आइपुगेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button