इलाममा श्रीमतीको हत्या गरि आत्महत्या

इलाममा एक पुरुषले श्रीमतीको हत्या गरि आफूले पनि आत्महत्या गरेका छन् ।

जिल्लाको माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिका खतिवडाको हत्या गरि रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । हिजो राति करिब १०:३० बजेतिर खतिवडाको घरबाट चिच्याएको आवाज सुनेपछि हेर्न गएका छिमेकीले राधिकालाई मृत अवस्थामा फेला पारेका थिए । उनको बाँया गालाको भागमा दुईवटा गहिरो चोट भेटिएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यापछि घर नजिकैको रूखमा गएर पिताम्बर झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राधिका पिताम्बरको जेठी श्रीमती थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button