पार्टीका मुद्दामा संसद रोकिने कुरालाई रास्वपा स्वीकार गर्दैन – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले पार्टीका मुद्दामा संसद रोकिने कुरालाई रास्वपा स्वीकार गर्न नसक्ने बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले जनताको मुद्दामा संसद रोकिन सक्ने तर केही पार्टीको आफ्नो मुद्दामा संसद रोकिन नहुने बताएका हुन् । उनले रास्वपाले पेश गरेको तीन संकल्प प्रस्तावमा कुनै कारवाही नभएको भन्दै असार मसान्तका ब्याजको भारले व्यापारीको अवस्था दयनीय हुँदा संसद भने बन्द गराइएको भन्दै आलोचना गरेका थिए ।

लामिछानेले सहकारीबाट ठगिएका, मिटरब्याज पीडित लगायतको मुद्दामा संसद मौन बसेको भन्दै ती समस्याको सम्बोधन गर्न संसद चल्नुपर्ने बताएका थिए । उनले प्रतिस्थापन विधेयकमार्फत मिटरब्याज समस्याबारे तुरुन्तै व्यवस्था गर्न पनि माग गरेका थिए ।

विगत केही संसदका कारवाहीमा प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिको विरोधमा नेकपा एमालेले संसद अवरुद्ध पर्दै आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button