प्रथम एसइई फुटसलको उपाधि आयोजक सोसल पब्लिकलाई

पोखरा-१० बुद्धचोकस्थित सोसल पब्लिक स्कूलद्वारा आयोजित प्रथम एसइई फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

२०७९ सालको एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता आयोजकले नै जितेको छ । सोमबार पोखरामा भएको फाइनल खेलमा आयोजक सोसल पव्लिकले वेलनोन एकेडेमीको टिमलाई ४-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै सोसल पल्लिकले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता वेलनोनले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, विद्यालयका संस्थापक प्रवन्ध निर्देशक खिम गुरुङ, विद्यालयका प्रिन्सिपल शिदार्थ शर्मालगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button