सडक पिच गर्ने क्रममा बिटुमेन ड्रिस्टिव्यूटरमै आगलागी

बाँकेमा सडक पिच गर्ने क्रममा बिटुमेन ड्रिस्टिव्यूटरमै आगलागी भएको छ

आज दिउँसो बाँकेको राप्तीसोनारी गाउँपालिका-३ नवलपुरस्थित सडकखण्डमा सड़क पिच गर्नको लागि बिटुमेन छर्किने क्रममा बा १ ग ३६४१ नम्बरको बिटुमेन ड्रिस्टिव्यूटरमा अचानक आगो लागेको थियो । आगलागी हुनासाथ चालक राम बहादुर खड्काले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय बैजापुरको प्रहरीका साथै कोहलपुर नगरपालिकाबाट दमकल बोलाइएको छ ।

प्रहरीसहितको अग्निनियन्त्रक टोली परिचालिक भई आगलागी नियन्त्रणमा लिईएको थियो । प्रहरीका अनुसार घटनाको क्रममा कुनै मानवीय क्षति भएको छैन भने बिटुमेन ड्रिस्टिव्यूटर क्षतिग्रस्त भएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button