पोखराको वार्ड नम्बर १३ मा निशुल्क एम्बुलेन्स सेवा

पोखरा महानगरपालिका १३ नम्बर वार्ड कार्यालयले वडावासीलाई बिहीबारबाट निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

सामान्य बिरामी हुँदा उपचार खर्चको समेत जोहो गर्न धौधौ पर्ने नागरिकलाई आकस्मिक उपचारका लागि अस्पतालसम्म जाने एम्बुलेन्सलाई तिर्ने भाडा नहुँदा महङ्गो ट्याक्सी लिनुपर्ने बाध्यताको अन्त्य गर्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिएका छन् ।

१३ नम्बर वडा ग्रामीण भेगसम्म फैलिएको र पोखराभित्र पनि विकट भएको वडा भएकाले सर्वसाधरणलाई पोखरा महानगरवासी हुनुको महसुस दिलाउन र आपतविपतको साथी स्थानीय सरकार हो भन्ने बुझाउने उद्धेश्यले एम्बुलेन्स सेवा सञ्चालन गरिएको जनाइएको छ ।

वडावासीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा वार्षिक ४ देखि ५ लाख खर्च थपिने वडाले बताएको छ । उक्त खर्चको व्यवस्था गर्न सहयोग गर्न इच्छुकहरुको खोजी गरिरहेको पनि वडाले जानकारी दिएको छ ।

सेवा सञ्चालनमा आएपछि अब बिरामी आफै वा आफन्तले खबर गरेपछि एम्बुलेन्स बिरामीको घरमै पुग्नेछ । एम्बुलेन्सको सेवा लिन ९८०२८३३७८६, ९८६९०८१७८६, ९८५६०३४७८६ नम्बरमा सम्पर्क गर्न सकिनेेेछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button