बेलायतमा रोजगारीमा जान इच्छुक नर्सका लागि आवेदन खुला

बेलायतमा रोजगारीका लागि जान इच्छुक नर्सका लागि आवेदन खुला भएको छ ।

नेपाल सरकार र संयुक्त अधिराज्यको सरकारबीच भएको जिटुजि सम्झौता अनुसार पाईलट प्रोग्रामका रुपमा पहिलो चरणमा एक सय नर्सलाई लैजान लगिएको हो । बेलायत जान इच्छुक नेपाली नर्सले आज शुक्रबार देखि तीन महिना भित्रमा वैदेशिक रोजगार विभागको वेबसाईटमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिन इच्छुक नर्सले कम्तिमा स्टाफ नर्स (पिसिएल नर्सिङ) तह पूरा गरेर दुई वर्षसम्म दर्ता भएको अस्पतालमा कार्यअनुभव प्राप्त गरेको हुनुपर्नेछ । सन् २०१९ भन्दा अघिको कार्यअनुभव भने मान्य हुनेछैन । यसैगरी आवेदकले अङ्ग्रेजी भाषा परीक्षातर्फ आइएलटिएसमा लेखनमा ६.५ र बाकिँ पढाइ, सुनाई र बोलाईमा कम्तिमा ७ अङ्क ल्याएको हुनुपर्नेछ ।

रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरुले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा उतीर्ण गरेपश्चात त्यहाँको रजिस्टर्ड नर्स बन्नेछन् । पाँच वर्षको सेवाअवधि रहने यस रोजगारीमा जाने नर्सले वार्षिक न्युनतम  ४७ लाख तलब पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button