सशस्त्रका जवानको झुन्डिएको अवस्थामा शव फेला

सशस्त्र प्रहरी बलका जवानको झुन्डिएको अवस्थामा जङ्गलमा शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल नम्बर १६ गणमा दरबन्दी रहेको २१ वर्षीय समीर बस्नेतको शव झुन्डिएको अवस्थामा फेला परेको हो । काठमाडौं महानगरपालिका-८ पशुपति विश्वरुपा जङ्गलमा नाइलनको डोरीले पासो लगाई रुखमा झुन्डिएर बस्नेतले आत्महत्या गरेको जनाइएको छ ।

उनले किन आत्महत्या गरे भन्ने बारे केही खुलेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button