गम्भीर बिरामी परेका नेपाली युवकको कुवेतमा मृत्यु

गम्भीर बिरामी परेका नेपाली युवकको कुवेतमा मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका बुटवल–१० रुपन्देहीका सुशान्त अर्यालको मृत्यु भएको हो । लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्याललाई नेपाल फर्काउन प्रयत्न भए पनि स्वास्थ्यमा थप गम्भीर समस्या देखिएपछि डिटेन्सन सेन्टरले फर्काउन मानेको थिएन ।

कुवेतको हसवियास्थित फर्वानिया हस्पिटलमा तीन दिनको उपचार पछि नेपाल उड्न एयरपोर्ट पुगेका अर्याललाई स्वास्थ्य अवस्था नाजुक भएको भन्दै एयरलाइन्सले नै फर्काइदिएको थियो । त्यसपछि पुनः हस्पिटलमा लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनको शव चाँडै नेपाल पठाउने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button