सोमबार २६ अङ्कले घट्यो नेप्से, परिसूचक २२०० अङ्कमा अडियो

सोमबार नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचक २६ अङ्कले घटेको छ ।

आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा ६३ अङ्कले बढेको नेप्से परिसूचक आज भने २२.६६ अङ्कले घट्दै २२००.५० बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा ४३ करोड भन्दा बढीले वृद्धि भएको छ । आज कुल ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ बराबरको बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने ४ अर्ब ३० करोड १ लाख ४८ हजार ७४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड उपसूचक र अन्य समूहको उपसूचक बाहेक अरु सबै उपसूचकमा गिरावट आयो । सोमबार ट्रेडिङ सबइन्डेक्स २.९२ प्रतिशतले घट्दा विकास बैंक सबइन्डेक्स ३.५१ प्रतिशत र बैंकिङ उपसूचक २.०१ प्रतिशतले वृद्धि भयो । आज सर्वाधिक कमाउनेतर्फ किसान लघुवित्तका लगानीकर्ता रहे । उक्त कम्पनीको भाउ १० प्रतिशतको हाराहारीमा बढ्यो । त्यसैगरी धेरै गुमाउनेतर्फ लिबर्टी इनर्जी, बिबिसी, स्वरोजगार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ एनआरआईसी, ग्लोबल आएमई बैंक र  प्रभु बैंक शीर्ष तीनमा रहे । ती कम्पनीको क्रमश : २५.५६ करोड, १९.१६ करोड र १५.१९ करोड भन्दा बढीको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button