पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा आयो

पहिरोले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक सञ्चालनमा आएको छ ।

हाल उक्त सडक खण्डमा पहिरो ग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहे पनि सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको मेशिनबाट पहिरो हटाउँदै यातायात संचालन गरिरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आज बिहान करिब ७ बजे कालीखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । पानी परिरहँदा थप पहिरो झर्न सक्ने हुँदा पूर्वतयारी र सावधानीका साथ यातायात सञ्चालन गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button