मध्यरातमा रेस्टुरेन्टमा प्रहरी मृत अवस्थामा फेला

बाग्लुङमा एक रेस्टुरेन्टमा प्रहरी चौकी इन्चार्ज मध्यरातमा मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्याल भीमगिठे, बाग्लुङका इञ्चार्ज वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटल एण्ड खाजा घरमा मृत अवस्थामा फेला परेका हुन् । गएराति करिब १ बजेको समयमा उनी मृत अवस्थामा भेटिएको सूचना पाएको प्रहरीले जनाएको छ ।

उक्त खाजा घरलाई सिल गरि होटल सञ्चालक आशा कुँवर र उनका छोरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button