पाँचथरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

मेची राजमार्ग स्थित पाँचथरको फिदिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

झापा देखि ताप्लेजुङको लागि छुटेको मे १ ज १९४१ नम्बरको जीप फिदिम-२ कृष्णमन्दिर नजिकै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी घाइते १३ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएकालाई उपचारका लागि पाँचथर अस्पताल लगिएको छ भने गम्भीर घाइतेहरुलाई झापा रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button