सेयरबजार ३६ अङ्कले घट्यो, कारोबार पनि कम

मङ्गलबार सेयरबजार ३६ अङ्कले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा ६३ अङ्कले बढेको नेप्से परिसूचक त्यसपछिका दुई दिन भने घट्दै आएको छ । आज नेप्से ३६.१९ अङ्कले घट्दै २१६४.३१ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा एक अर्ब ८३ करोड भन्दा बढीले घटेको छ । आज कुल २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँ बराबरको बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज होटल तथा पर्यटन उपसूचक बाहेक अन्य सबै उपसूचकमा गिरावट आएको छ । सोमबार बैंकिङ सबइन्डेक्स २.७५ प्रतिशतले घट्दा विकास बैंक सबइन्डेक्स २.०८ प्रतिशत र फाइनान्स उपसूचक १.८७ प्रतिशतले वृद्धि भयो । आज सर्वाधिक कमाउनेतर्फ किसान लघुवित्तका लगानीकर्ता रहे । उक्त कम्पनीको भाउ १० प्रतिशतको हाराहारीमा बढ्यो । त्यसैगरी धेरै गुमाउनेतर्फ बिपिडब्ल्यु लघुवित्त र माउन्टेन इनर्जी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ सोल्टी होटल, शिवम् सिमेन्ट र ग्लोबल आएमई बैंक शीर्ष तीनमा रहे । ती कम्पनीको क्रमश : १५.२७ करोड, १०.३९ करोड र ७.८२ करोड भन्दा बढीको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button