प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

बागलुङ । वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको हत्या होटल संचालकबाटै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले  विज्ञप्ति मार्फत दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा कार्यरत पौडेलको होटल संचालक आमाछोराले नै हत्या गरेको खुलेको हो ।

हत्यामा बडिगाड गाउँपालिका -६ खाल बजार स्थित ‘आशा होटल एण्ड खाजा घर’ का संचालक ५१ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा विनोद कुँवरको संलग्नता रहेको प्रहरीले जनाएको छ  ।

बागलुङका प्रहरी नायव उपरीक्षक, प्रहरी प्रवक्ता मदन केसीका अनुसार गत सोमबार  साँझको ८ बजे तीर खाजा घरमा गएका पौडेल सँग आशा  र विनोदको सामान्य विवाद भएको र विवाद बढ्दै गएपछी  विनोदले पौडेलको टाउकोमा मुक्काले हानेर बेहोस बनाएका थिए।

प्रवक्ता केसीका अनुसार मुक्का प्रहारबाट भुँइमा ढलेका पौडेललाई आमा छोराले पुनः पर्दाले घाँटी थिचेर हत्या गरेको र पौडेलले घाँटीमा लगाएको सुनको सिक्री फुकालेर किचन दराजमा लुकाएर राखेका दिए।

पौडेल मृत फेला परेको भन्ने घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले होटल संचालक आमा छोरा दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेकोमा प्रारम्भिक अनुसन्धानमा उनीहरुले हत्या गरेको खुलेको केसीले बताए।

उनीहरूमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
1 प्रतिक्रिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
KB Gurung
KB Gurung
2 months ago

ghatna tesai ghateko chai hoina…mirtak afai doshi hunu parxa…area ko police incharge vayera public saga bibad garni ? ya najayaj sambandha thiyo? 20 ko keta lai rihai garnu parxa…case vabitabya pani huna sakxa ya self defense pani huna sakxa..yo tarka ho…reality k ho investigaions batai clear hola…

Back to top button