
बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेल रहेको प्रहरीले जनाएको छ ।
बैंकिङ कसूर मुद्दामा फरार रहेका पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट बुधबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।