बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेल रहेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसूर मुद्दामा फरार रहेका पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button