
लमजुङ । लमजुङमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।
लमजुङ प्रहरीका अनुसार मर्स्याङदी गाउँपालिका वडा नम्बर ३ घर भइ वडा नम्बर ९ मा डेरा गरी बसेका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा ३६ वर्षीय मिनराज तामाङसहित २२ जना बिहीबार राति पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।





