काठमाडौं महानगरपालिकाले हरेक शुक्रबार आयोजना बुक फ्री फ्राइडेमा रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ्जस्ता प्राविधिक विषय सिकाइने भएको छ ।
ती विषयका बारेमा सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको महानगरले जनाएको छ । कार्यक्रम अन्तर्गत भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।
कामपाका मेयर बालेनका अनुसार अहिले प्रथम त्रैमासिक परीक्षा चलिरहेको र परीक्षा सकिएपछि अभिमुखीकरण (ओरियन्टेसन) का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रुचि टिपेर त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रुपमा समावेश गरेर कक्षा चलाउने जनाएका छन् । उनले अहिलेका विद्यार्थीलाई विज्ञान र प्रविधिमा आधारित ज्ञान र सिपसँग अभ्यस्त गराउन नसके उनीहरू प्रतिस्पर्धी बन्न नसक्ने बताए ।
महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिँदै त्यसैअन्तर्गत सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालनको तयारी गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution