आजको मौसम : देशभर पूर्ण बदली रही यी स्थानमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी वायुको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर सरेको हुँदा देशभर पूर्ण बदली रही वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

अहिले देशमा भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाकीँ प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर पूर्ण बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरु थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button