मुस्ताङमा बाढीको वितण्डा, प्रहरी चौकीसहित ३ दर्जन संरचनामा ठूलो क्षति

मुस्ताङ । मुस्ताङको कागबेनीमा बाढीका काराण जनजीवन प्रभावित भएको छ ।

दुई दिनदेखिको लगातारको वर्षाका कारण ग्रेगरसहित आएको बाढीले कागबेनीमा ठूलो क्षति पुगेको छ ।

बाढीले प्रहरी चौकीसहित तिन दर्जन संरचनामा पूर्ण क्षति पुर्याएको छ भने एकमात्र पक्कि मोटरेवल पुलसमेत बगाएपछि अपर मुस्ताङसँग सडक सम्पर्क समेत टुटेको छ ।

कागखोलामा गएराती आएको बाढी बस्तीमा छिरेपछि कागबेनीस्थित धर्मशाला, प्रहरी चौकी, घर तथा होटल, जोमसोम कोरोला सडकको पक्की मोटरेवल पुल, झोलुङ्गे पुल, दुईवटा गाडी र तीनवटा विजुलीका पोल बगाएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

स्थानीय प्रसाशन, शसस्त्र प्रहरी, प्रहरीलगायत स्थानीयहारु उद्दार कार्यमा खटिएको प्रजिअ केसीले बताए ।

बाढीपहिरोले मुस्ताङको सडकमार्गको ठाउँठाउँमा पहिरो खसेर छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button