
पोखरा । पोखराको रातामाटा स्थित फेवातालमा एक पुरुषको शव फेला परेको छ ।
हातमा जिसस क्राइसको ट्याटु भएका युवाको शब शनिबार डुबेको अवस्थामा फेला परेकोमा हालसम्म पहिचान नखुलेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।
‘पोखरा १८ फेवाताल राटामाटामा अन्दाजी ३५–४० उमेरको पुरुषको शव भेटिएको हो’, डीएसपी जोशीले भने, ‘शवको पहिचान भएको छैन, आवश्यक मुजुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएका हौ ।’
उनले शवको पहिचान नभएकाले शवसँगै माछा मार्ने सामान र हातमा जिसस क्राइसको ट्याटु भएकाले यो हुलिया भएको मानिस हराएको भए कास्की प्रहरीमा खवर गर्न समेत उनले आग्रह गरेका छन् ।





