मोटरसाइकल दुर्घटनामा परेर कास्कीमा २ जनाको मृत्यु

पोखरा । कास्कीमा  मोटरसाइकल दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

कास्कीको रुपा गाँउपालिका  -६ निगाल झाँप्रास्थित भित्री सडकमा रुपाताल तर्फ जाँदै गरेको प्रदेश ३–०२–००९ प ५२०५ नम्बरको मोटर साइकल दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको हो ।

सडकबाट करिब ९० मिटर तल  खसेर भएको दुर्घटनामा  मोटरसाइकल चालक लमजुङ दुधपोखरी -६ का २९ वर्षीय कृष्ण गुरुङ र पछाडि सवार २४ वर्षीय अशोक गुरुङको  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाईते भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित अस्पतालमा ल्याइएकोमा चेक जाँचको क्रममा  चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनाका वारेमा थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button