कास्कीको पशुपंक्षी फार्ममा लागूऔषधको भण्डार, पोखरामा समातिए २ युवा  

पोखरा । कास्कीको घाचोक स्थित एक कृषि तथा पशुपंक्षी फारमबाट प्रहरीले ठुलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

माछापुच्छ्रे ३ घाचोकमा रहेको असना कृषि तथा पशुपंक्षी फार्मबाट कास्की प्रहरीले शनिबार झन्डै ११ सय एम्पुल लागूऔषध फेला पारेको हो ।

प्रहरीले फार्मका संचालक स्थानीय ३२ वर्षका अमृत ठकुरी र पोखरा २९ का ३४ वर्षीय आशिक पौडेललाई पक्राउ गरेको छ ।

पोखराको न्युरोडमा रोकेर राखेको ग २ च १७६७ नम्बरको टाटाको टेल्कोलाईन गाडीलाई शंका लागि चेक जाँच गर्दा बुप्रिनफिन २० एम्पुल, फेनेरागन २० एम्पुल र डाइजापाम २० एम्पुल गरी ६० एम्पुल र ५ चक्की नाइट्रोभेट चक्की लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

सोधपूछका क्रममा घाचोक स्थित उक्त फार्ममा पुगेको प्रहरीले बुप्रिनफिन ३६७ एम्पुल, फेनेरागन ३६५ एम्पुल र डाइजापाम ३६३ एम्पुल गरी ११५५ एम्पुल र २५५ चक्की नाइट्रोभेट फेला पारी बरामद गरेको हो ।

पक्राउ परेकाहरुमाथि लागूऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button