पोखरा हुँदै बेनी जान छुटेको बस दुर्घटना, ८ जनाको मृत्यु

पोखरा । काठमाडौँबाट पोखरा हुँदै बेनीका लागी छुटेको बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ।

प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी स्थित छहरा नजिकबाट त्रिशूलीमा खसेको हो।

बुधबार बिहान सवा ११ बजे भएको दुर्घटनामा परी ८ जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। उनीहरुको सनाखत हुन बाँकी रहेको छ।

बसमा कति यात्रु थिए भन्ने यकीन भएको छैन। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। बस अनियन्त्रित भएर त्रिशूलीमा खसेको हुने सक्ने प्रहरीको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button