पोखरामा साढे ४ लाखको जुवाखालमा भेटिए गाउँपालिका अध्यक्ष

पोखरा ।  पोखरामा जुवाखालबाट एकजना गाउँपालिका अध्यक्ष नै पक्राउ परेका छन् ।

पोखराको सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिहीबार ४ लाख ४७ हजार ८० रूपैयाँ नगदसहित जुवाखालबाट पक्राउ परेका उनले प्रहरीलाई नै पूरा नाम नभनी नाम फेरेर भनेका थिए ।

उनले प्रहरी समक्ष आफ्नो नाम पूरा नभनी मोहन थकाली मात्र भनेकोमा पछि उनी गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन नै भएको पुष्टि भएको थियो ।

होटल सञ्चालक मुस्ताङ घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, नविनप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन जुवाखालबाट पक्राउ परेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button