
पोखरा । पोखराको सभागृहचोकमा सवारी दुर्घटनामा परेर एक युवतीको ज्यान गएको छ ।
सोमबार दिउँसो साढे २ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तनहुँकी युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तनहुँ म्याग्दे ४, छाङकी २० वर्षीया वर्षा कुमाल रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
डिएसपी जोशीका अनुसार बागमती प्रदेश ०३–००१ क ०२६३ नम्बरको ट्रकले वर्षा सवार ग २२ प ७९५१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक चालक धादिङ थार्के ८ घर भएका ३४ वर्षीय रामकुमार खतिवडालाई नियन्त्रणमा लिएको छ ।