कास्कीमा स्वीकृति बेगर तिजको कार्यक्रम गरे कारबाही

पोखरा । हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिजसँग जोडेर हुने खर्चिला र भड्किला कार्यक्रममा कास्की प्रशासनले कडाइ गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले परम्परा र रीतिरिवाज बाहिर रहेर तिजका नाममा तडकभडक, भड्किला कार्यक्रम नगर्न आग्रह गर्दै कार्यक्रम गर्ने परे पूर्व स्वीकृति लिन भनेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले मंगलबार एक सूचना जारी गदै रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्ने बाहेकका कुनै पनि खालका खर्चिला र भड्किला कार्यक्रम तथा क्रियाकलाप संचालन नगर्न आग्रह गरेका छन् ।

सार्वजनिक स्थल तथा पार्टी प्यालेसमा तिजको अवसरमा रकम संकलन गर्ने उद्देश्यले हुने मेला, महोत्सवहरू जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति बिना आयोजना नगर्न सूचना मार्फत भनिएको छ ।

तिजको नाममा जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्य स्वीकृति बेगर गरेमा कानून बमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ ।

तिज मनाउने नाममा तडकभडक सहितका खर्चिला कार्यक्रमका कारण विभिन्न विकृति फैलिएको र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको कास्की प्रशासनको ठहर छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button