गुडिरहेको जीपमाथि पहिरो खस्दा पोखराका युवकसहित ३ को मृत्यु

पोखरा ।  पाल्पाको जोर्तेमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीन जनाको च्यापिएर निधन भएको छ ।

जोर्तेको उकालोमा ढुंगा सहितको सुख्खा पहिरो खसेर गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको जिपमा च्यापिएका ३ जनाको घटनास्थल मै मृत्यु भएको हो ।

पोखरा महानगरपालिका-२५ हेम्जाका ३१ वर्षिय विनोद तिम्सिना, तानसेन नगरपालिका ११ बन्दीपोखराका नेपाल प्रहरीमा कार्यरत ४२ वर्षिय यमबहादुर बोहोरा र  गुल्मीको रेसुङ्गा नगरपालिका-७ की ५० वर्षिय मनकला चुँदारको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

जीपमा सवार तीन बच्चासहित ८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ  । सम्पूर्ण घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको छ ।

घाइतेहरुको नामावली

१. जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष अन्दाजी ४० की शोभा घर्ति मगर(ढाडमा चोट अबस्था मध्यम)

२. जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष ३७ की सुस्मा राना(निधारमा सामान्य चोट)

३. सुस्मा रानाको छोरी बर्ष ६ की सुरबी राना(बाहिरि चोट नभएको अबस्था सामान्य)

४. सुस्मा रानाको छोरी बर्ष ५ महिनाको सुबिया राना(बाहिरी चोट नभएको अबस्था सामान्य)

५. ऐ.८ खानीगाउँ बस्ने बर्ष ४५ को टेक बहादुर जि.एम.(घाँटी र ढाडमा चोट अबस्था मध्यम)

६. ऐ.८ खानीगाउँ बस्ने बर्ष २७ की स्विकृती थापा(ढाड र छातीमा चोट अबस्था मध्यम)

७. स्वीकृती थापाको छोरा बर्ष ५ को सुरेन थापा(टाउको र हातमा सामान्य चोट)

८. जिल्ला गुल्मी रेसुङ्गा न.पा. ८ खानीगाउँ बस्ने बर्ष ३६ को बालकृष्ण श्रेष्ठ (अवस्था सामान्य रहेको)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button