पोखराका ‘बिनोद सर’ को निधनमा शुक्रबार गुल्मीको सिद्ध माविमा शोकबिदा

पोखरा ।  जनैपूर्णिमा मान्न पोखरा घरमा आउँदै गर्दा पाल्पाको सुख्खा पहिरोमा परेर ज्यान गुमाएका शिक्षक बिनोद तिम्सिनाको निधनमा विद्यालयले शोकबिदा दिएको छ ।

गुल्मीको रेसुङ्गा ८, तम्घास, खानीगाउँस्थित सिद्ध माविमा कक्षा ११ र १२ मा विज्ञान विषय पढाउँदै आएका तिम्सिनाको निधनमा भोलि शुक्रबार विद्यालयले शोकबिदा दिएको हो ।

पोखरा महानगरपालिका २५ माथिल्लो हेम्जाका ३० वर्षीय बिनोदले उक्त विद्यालयमा ५ वर्षदेखि पढाउँदै आएका थिए । चाड मान्न गुल्मीबाट घर हिँडेका बिनोदसहित अन्य ११ यात्रु सवार लु १ ज ४६०० नम्बरको स्कोर्पियो जीप पाल्पाको जोर्तेमा सुख्खा पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको थियो । जीपमा सवार ११ जनामध्ये ८ जना घाइते भएका थिए ।

विनोदको परिवारमा बाबु, आमा, श्रीमती र ८ महिनाको छोरा छन् । शिक्षण पेशामा आवद्द रहेका सबैका प्रिय विनोदको निधनले तिम्सिना परिवार शोकमा डुबेको छ ।

उक्त दुर्घटनामा पाल्पा तानसेन नगरपालिका घर भई गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत यम बहादुर बोहोरा र  गुल्मी रेसुङ्गा – ७ की ५० वर्षीय मनकला चुधाराले समेत ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button