कास्की प्रहरी प्रमुख अजय केसीको सरुवा, मोहन थापा आउँदै

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, एसपी अजय केसीको सरुवा भएको छ । उनको स्थानमा एसपी मोहनकुमार थापा आउने भएका छन् ।

कास्की आउन लागेका एसपी थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालबाट  सरुवा भएका हुन् ।  हालका एसपी केसीको भने नेपाल प्रहरी अंगरक्षक गण, नक्सालमा सरुवा भएको हो ।

झन्डै १४ महिना कास्कीमा विताएका एसपी  केसीले ०७९ साउन ६ मा यहाँको प्रहरी प्रमुखको जिम्मेवारी प्राप्त गरेका थिए । केसीको कार्यकाल अवधिमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्मन्न भयो । निर्वाचन अवधिमा मतदान तथा मतगणना कार्य कास्कीमा शान्तिपूर्ण तबरले सम्पन्न भएको थियो ।

पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा सिमित स्रोत साधनकाबीच एसपी केसीकै कमाण्डमा  प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको थियो ।

अपराध तथा लागुऔषध नियन्त्रणमा केन्द्रीत केसीको कार्यकाललाई समग्रमा कास्कीबासीले सन्तोषजनक रुपमा लिएका छन । पब्लिसिटी र स्टन्ट नरुचाउने एसपी केसी भने मिडिया मैत्री नै रहे ।

टीम वर्कमा विश्वास राख्ने एसपी केसीले जिल्ला प्रहरी कार्यालय भित्रका प्रहरी अधिकारी र कर्मचारीलाई उत्प्रेरित गर्ने गरेको तथा ईलाका र वडा कार्यालय प्रमुखहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको प्रहरी अधिकारीहरु नै बताउछन् । उनले  कुशलतापूर्वक कार्य गर्ने ८९ जनालाई पुरस्कृत र प्रहरी आचरण विपरित काम गर्ने ४९ जनालाई कारबाही समेत गरे ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार राति कार्यअवधि पूरा भएका ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । उक्त सरुवासँगै कास्कीसहित १४ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button