पोखराकी २२ वर्षीया उमा छोरीसहित २ महिनादेखि बेपत्ता

पोखरा । पोखरामा पाँच वर्षीया छोरीसहित एक महिला झन्डै दुई महिना देखि बेपत्ता भएकी छन् ।

पोखरा -२२ पुम्दी भुम्दी निवासी २२ वर्षीया उमा बराल र उनकी छोरी ऋषिका बराल ५८ दिन देखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार उमा छोरीसहित असार महिनाको २८ गते देखि सम्पर्कविहीन छन् ।

घरमा कसैलाई नसोधी हिँडेको र हालसम्म कसैको पनि सम्पर्कमा नआएकाले उनी र छोरीलाई कसैले देखेको खण्डमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button