पोखरामा पुरुष मृत फेला, सनाखत हुन सकेन

पोखरा । पोखरा महानगरपालिकाको प्रस्याङमा एक पुरुष मृत फेला परेका छन् ।

धरान घर र नाम कुमार राई बताउने पुरुष प्रस्याङस्थित सडक किनारमा भदौ २० गते मृत फेला परेका हुन् ।

उनको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार उनको शव पोस्टमार्टमपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

ओठको माथिल्लो भाग र दाहिने आँखामा काटेको दाग रहेका मंगोलियन अनुहार रहेका पाँच फिट उचाइका पुरुषलाई चिन्ने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button