भुटानको ड्रुक एयरले गर्‍यो पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान

पोखरा ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  भुटानको ड्रुक एयरले पहिलोपटक व्यावसायिक उडान भरेको छ ।

भुटानको पारो विमानस्थलबाट आज शनिबार बिहान उडेको विमान तीन यात्रुसहित बिहान ६:४० बजे पोखरा विमानस्थलमा ओर्लिएको हो । लगत्तै उक्त विमान ४२ यात्रु बोकेर भुटान नै फर्किएको छ ।

पोखरा विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले विमानस्थल सञ्‍चालनमा आएको ८ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको जानकारी दिए ।

कर्णका अनुसार नेपाली, अमेरिकी र भियतनामी गरी ३ जना यात्रु अवतरण गरेको विमान चार्टर गरी अमेरिकनसहित ४२ जना पर्यटक भुटानका लागि उडेका छन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले उनीहरुलाई स्वागत तथा बिदाई गरेका थिए ।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते आन्तरिक उडानमार्फत उद्घाटन गरिएको विमानस्थलमा यसअघि चीनको सिचुआन एयरलाइन्सले पहिलो चार्टर उडान गरेको थियो ।

विमानस्थल सञ्‍चालनमा आएपनि नियमित अन्तर्राष्ट्रिय उडान अझै सुचारु हुन सकेको छैन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button