पोखरामा बाटो काट्ने क्रममा हाइसले ठक्कर दिँदा महिलाको मृत्यु

पोखरा । पोखरामा बाटो काट्ने क्रममा हाइसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

कास्की प्रहरीका अनुसार पोखरा -२५ हेमजा स्थित सापकोटा चोकमा बा ३ ख ९७२६ नम्बरको हाइसको ठक्करबाट बाटो काट्दै गरेकी ७५ वर्षीया नौली बिकको मृत्यु भएको हो ।

पोखरा हुँदै बागलुङका लागि छुटेको हाइसले ठक्कर दिँदा कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी बिकको घटना स्थलमै ज्यान गएको हो ।

दुर्घटना पश्चात प्रहरीले विकलाई तत्काल अस्पताल पुर्याएको भएपनि चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए।

दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button