पोखरामा आजदेखि तीज सांस्कृतिक महोत्सव सुरु

पोखरा । पोखरामा आजबाट तीज सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ ।

पर्यटन विकास महिला संघ (टेवान)ले पोखरा -६ लेकसाइड स्थित कोमागाने पार्कमा आयोजना गरेको महोत्सवको सोमबार नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उदघाटन गरे ।

महोत्सवको उदघाटन गर्दै  मन्त्री गुरुङले पछिल्लो समय तीज मनाउने तरिका बद्लिएको उल्लेख गर्दै आयोजक टेवानको प्रयत्न राम्रो भएको बताए ।

तीजमा देखिएका विकृति सुधार हुनुपर्ने बताउदै उनले चाडबाडलाई उत्पादनसँग जोडेर मनाउदा प्रभावकारी हुने र त्यसले समग्र देशको विकासमा टेवा पुग्ने धारणा राखे ।

महोत्सव आज  देखि २७ गतेसम्म कोमागाने पार्कमा  संचालन हुनेछ ।   महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग रहेको टेवानकी अध्यक्ष कमला गिरीले जानकारी दिइन  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button