कास्कीको माछापुच्छ्रेका दुई विद्यालयमा नेलम्बो नेपालले उपलब्ध गरायो निजी शिक्षक

पोखरा । नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ मा रहेका दुईवटा सामुदायिक विद्यालयमा अध्यापनका लागि एक/एक जना निजी शिक्षक उपलब्ध गराएको छ ।

श्री उदय माध्यमिक विद्यालय र श्री जनप्रिय आधारभूत विद्यालयमा संस्थाले विगत ३ वर्षदेखि लगातार शिक्षकहरू सहयोग गर्दै आइरहेको छ । संस्थाले श्री उदय माविमा माध्यमिक तहको एक जना विज्ञान विषयको निजी शिक्षक तथा जनप्रिय आधारभूत विद्यालयमा एक जना निजी शिक्षक सहयोग गर्दै आई रहेको छ ।

नेलम्बो नेपालले एक कार्यक्रमका बीच माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ को वडा कार्यालयमा उक्त विद्यालयको लागि शिक्षक सहयोग  सम्झौता हस्ताक्षर गरेको हो ।

वडाध्यक्ष वैकुण्ठ प्रसाद भण्डारी, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, उदय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर अधिकारी क्षेत्री, श्री जनप्रिय आधारभूत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा बहादुर वि.क. साथै विद्यालयका प्रधानाध्यापक द्वय धन बहादुर अधिकारी क्षेत्री र चुणामणि भण्डारीको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त सम्झौता पत्र २०८१ असार मसान्तसम्म कायम रहने नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताए ।

पोखरा -४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button