पोखरामा यू-२३ एमेच्युर फुटसल कप हुने

पोखरा । पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यू–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतिभावान र उदीयमान खेलाडीलाई लक्षित गरी आगामी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता समूहले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित २ हजार र उत्कृष्ट गोलरक्षकलाई ट्रफीसहित १५ सय रुपैयाँले पुरस्कृत गरिने छ ।

श्रेष्ठले नयाँ तथा प्रतिभावान खेलाडीलाई उत्पादनमा सघाउ पुर्‍याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार हस्पिटलचोकस्थित पैयुम फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको छ । प्रतियोगितामा ए, बि, सी डिभिजन फुटबल र फुटसल लिग खेलेका यू–२३ खेलाडीहरुलेसहभागिता जनाउन पाउने छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button