एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, अन्त्येष्टिमा सार्वजनिक बिदा दिने निर्णय

पोखरा । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत रहेका नेम्वाङलाई सोमबार बालुवाटारस्थित निवासमै हृदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेका अनुसार साढे १ बजे हृदयघातपछि अस्पताल पु¥याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो ।
नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिनेछ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
संविधानसभा अध्यक्ष नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।