पोखरामा १६ तोला सुनका गहनासहित मोबाइल पसले र युवती पक्राउ

पोखरा । कास्की प्रहरीले चोरीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पर्सागढी -२ घर भई हाल १२ बस्ने बर्ष २२ की शिवदेवी चौधरी र पोखरा बुद्दचोकमा रहेको  एक मोवाइल पसल संचालक रहेको प्रहरीले जनाएको छ । प्रहरीले मोबाइल पसलेको विवरण भने खुलाएको छैन ।

उनीहरुलाई पोखरा १२ स्थित पशु सेवा तालिम केन्द्रको आवास कोठाबाट चोरी भएका झन्डै १६ तोला सुनका गरगहनासहित पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

डिएसपी विकका अनुसार पक्राउ पर्ने मध्ये शिवदेवी चौधरी पिडित घरमा काम गर्ने गरेको र उनले उक्त गरगहना चोरी गरेर मोबाइल पसलमा लगेर पसल संचालकलाई लुकाउन दिएको खुल्न आएको हो ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button