पोखरामा ९० एम्पुल लागूऔषधसहित दुई युवक पक्राउ

पोखरा । कास्की प्रहरीले ९० एम्पुल लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा १५ नागबेली मार्ग बस्ने बर्ष २५ को वाल आले र सिराहा घर भई हाल पोखरा ७ घारीपाटन बस्ने बर्ष ३३ को अरुण तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नुर्फिन ३० एम्पुल, डाईजपाम ३० एम्पुल र फेनरागन ३० एम्पुल लागूऔषध बरामद भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

डिएसपी विकका अनुसार नागबेली मार्गमा लागूऔषध बिक्रीबितरण भईरहेको भन्ने सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदाम र रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button