सामाजिक सञ्जालमा भ्रमित कुरा लेख्ने स्याङ्जाका युवक पोखरामा पक्राउ

पोखरा । कास्की प्रहरीले सामाजिक सञ्जालमा भ्रमित कुरा लेखेर पोस्ट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका -५ ठुलीबराहाका ३५ वर्षीय सूर्य बहादुर रेग्मी रहेका छन् ।

कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाइते बनाएको झुटो खबर पोस्ट गरेको अभियोगमा रेग्मी पक्राउ परेका हुन् ।

रेग्मीले अस्पतालको नाम नै तोकेर घाइते भएका श्रेष्ठलाई मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको र डाक्टरले अवस्था चिन्ताजनक रहेको बताएको उल्लेख गरेका थिए ।

भदौ २२ गते झुटो खबर सामाजिक सञ्जालमा राखिएपछि निवर्तमान श्रेष्ठले मध्यरातमा फेसबुकमा लाइभ आएर आफूमाथि आक्रमण नभएको र पूर्ण स्वस्थ रहेको बताएका थिए भने भोलिपल्ट उक्त खबर फैलाउने रेग्मीविरुद्ध कास्की प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका रेग्मी माथि विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर, साइबर अपराध अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button